सडकमा फ्याँकिएका प्लाष्टिकका फोहर उठाउँदै ललितपुर नगर प्रहरी

 साउन ४, २०८० बिहिबार ७:८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर महानगरपालिकाको नगर प्रहरीले सडक र गल्लीहरुमा फ्याँकिएका चाउचाउ, चकलेटका खोल तथा प्लास्टिकका टुक्रा टिप्ने अभियान शुरु गर्दैछ । यस्ता फोहर उठाउन नगरप्रहरीको गाडीमा एक जना चालक र  एक जना नगर प्रहरी गरी दुई जना खटिनेछन् ।

महानगरका २९ वटै वडामा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म गाडी चालकसहित नगरप्रहरी फोहर उठाउँदै टोल टोलमै पुग्ने छन् ।  यो अभियानले ललितपुर महानगरपालिकाललाई थप सफा र सुन्दर बनाउन सहयोग गर्ने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनु भयो ।

'आफ्नाे घर सफा गरेर सडक पेटीमा फोहर फाल्ने बानी सुधार्न र नागरिकलाई जिम्मेवार बनाउन यो काम शुरु गरेका हौँ' उहाँले भन्नुभयो । नगर प्रहरीले फुटपाथ व्यवस्थापनको काम मात्रै नभएर नागरिकलाई फाइदा हुने र नागरिकले आशा गरेको काम पनि गर्नु पर्ने उहाँले बताउनु भयो । 

अबको एक वर्षमा ललितपुरको धापाखेल, बुङ्मती र बालकुमारीमा विपद् व्यवस्थापन शाखा राख्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । विपद् व्यवस्थापन शाखाबाट दमकल, एम्बुलेन्स र नगर प्रहरीले सेवा दिने छन् ।

आवश्यकता अनुसार यी तीन ठाउँमा फोहर उठाउने थप गाडी सञ्चालन गर्ने पनि उहाँले बताउनु भयो । यसको लागि ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी थप्ने योजना बनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया