प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिने गरी योजना बनाउने बताउनुभएको छ ।
विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमन गर्न पुग्नुभएका गृहमन्त्री श्रेष्ठले अहिलेको घटनाका दोषीलाई कारबाही गरिने र आउँदा दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने बताउनुभएको हो ।
अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विगतका घटना हेरेर केही सावधानी अपनाउनुपर्ने भए पनि कमीकमजोरी भएको बताउनुभयो । कतै बालकोट, बालुवाटार र बूढानीलकण्ठ मिलेर यो घटना सामसुम पारिने त होइन’ भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भन्नुभयो ‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी मलाई कुनै 'कोट', 'टार' र पार्टीकाे मतलब छैन ।’
उहाँले सुनको अवैध धन्दाजस्ता आपराधिक क्रियाकलाप आउँदाे दिनमा नदाेहाेरिने गरी नयाँ योजना ल्याउने घोषणा समेत गर्नुभयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान शुरु गरेको र त्यसलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाउनु भयाे। उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई सुन प्रकरणमा मुछिएको भनेर प्रश्न गर्नै नमिल्ने दाबी समेत गर्नु भयो । आफूलाई भ्रष्टाचार विरोधी अभियानबाट हच्काउन याे प्रकरणमा मुछ्ने प्रयास गरिएको उहाँकाे दाबी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यावहारिक रूपमा नेतृत्व गरिरहेको उहाँको भनाइ छ । भन्सारको सुरक्षा जाँचपास गर्ने मेसिनलगायतको कमजोरी बाहिरिएपछि गृहमन्त्री श्रेष्ठ निरीक्षणमा जानुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।