सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, मीनबहादुर गुरुङलगायतलाई थुनामै राख्न अनुमति

 साउन ५, २०८० शुक्रबार १७:१५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदातलले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको जनाएको छ । अदालतले राउतलाई विदेश जान भने रोक लगाएको छ ।

२०६६/०६७ सालमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा राउत शाखा अधिकृत हुँदा टिप्पणी उठाउनुभएको थियो । त्यही टिप्पणी सहसचिव, सचिव, मन्त्री हुँदै तहगतरूपमा सदर गरेर मन्त्रिपरिषदमा पुर्‍याइएको थियो ।

यस्तै ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चार जनाले दिएको रिट भने सर्वोच्च अदालतले खारेज गरिदिएको छ । पक्राउ परेका १७ जनामध्ये सञ्चार सचिव राउत, व्यापारी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले रिहाइको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले रिट खारेजको आदेश दिएको हो । यही प्रकरणमा मुछिएका टीकाराम घिमिरेलगायत १७ जनाले दायर गरेको रिट निवेदन खारेज भएकाले उनीहरूको हकमा सर्वोच्चले २०७९ सालको साउन ४ गते जारी गरेको अन्तरिम आदेश पनि स्वतः खारेज भएको छ ।

२०७९ साउन ४ गतेको अन्तरिम आदेशलाई देखाएर भर्खरैमात्र कलाधर देउवा, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी छुटेका थिए । अब प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुलेको छ । ललिता निवासको एक सय ४३ रोपनी सरकारी जग्गा किर्ते गरेर व्यक्तिमा नाममा लगिएको पाइएको सीआईबीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया