चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान

 साउन ९, २०८० मंगलबार १६:३३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनका लागि अन्तराष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले आउँदो पाँच वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन निजी कम्पनीमार्फत गर्न लागेको हो । बोलपत्रको अवधि ४५ दिनको रहेको र बोलपत्र बुझाउने अन्तिम मिति सेम्टेम्बर ८ अर्थात् २०८० भदौको २२ गतेसम्म रहेको छ ।

बोलपत्रमा भाग लिनका लागि आवश्यक योग्यता पनि तोकिएको छ । साथै विगत तीन वर्षको औसत वित्तीय कारोबार कम्तीमा ६० लाख रुपैयाँ बराबरको हुनुपर्ने प्रावधान राखिएकोछ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले अन्तर्राष्ट्रियस्तरमा बोलपत्र आह्वान गरी आर्थिक तथा प्राविधिक दृष्टिकोणले सक्षम ठहरिएका कम्पनीबाट सरल, सुगम, किफायती एवम् भरपर्दाे सेवा सञ्चालन गर्न/गराउन टर्मिनलको व्यवस्थापन तथा सञ्चालन योग्य कम्पनीलाई स्वीकृति दिने निर्णय भएको बताउनुभयाे ।

चोभार सुक्खा बन्दरगाह सीमा नाकाबाट टाढा रहेको सुक्खा बन्दरगाह भएकाले यहाँबाट हुने ट्राफिक चाप तथा वित्तीय कारोबारको विषयमा यकिन गर्न सकिने अवस्था नभएका कारण समिति आफैँले सञ्चालन गर्दै आएको थियो । अन्य सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीहरू जस्तै चोभार सुक्खा बन्दरगाह पनि निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन गराउन लागिएको हो ।

सुक्खा बन्दरगाह/एकीकृत जाँच चौकी सञ्चालक कम्पनी छनाेटका लागि समितिको छुट्टै टर्मिनल पट्टा बहालमा दिने सम्बन्धी नियमावली २०७० रहेको र नियमावलीअनुसार सञ्चालक कम्पनीको छनाेट प्रस्तावदाताहरूको प्रस्तावित प्राविधिक तथा आर्थिक प्रस्तावको संयुक्त मूल्याङ्कन विधिबाट गर्ने गरिएको छ । छनाेट हुने कम्पनीको विज्ञता प्रयोग गरी यो सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन भएपछि पूर्ण क्षमतामा सञ्चालनमा आउने र व्यापार सहजीकरण चुस्त, छिटो छरितो र किफायती हुने छ भन्ने विश्वास समितिले लिएको पनि गजुरेलले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया