ताप्लेजुङका ९ मध्ये ४ वटा पालिकाकाे आफ्नै प्रशासकीय भवन

 साउन ९, २०८० मंगलबार १८:३५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङका नौ वटा पालिकामध्ये चार वटाले आफ्नै प्रशासकीय भवनबाट सेवा दिन शुरु गरेका छन् ।

मेरिङ्देन गाउँपालिकाले आज मङ्गलवारदेखि आफ्नै प्रशासकीय भवनमा कार्यालय सञ्चालन गरेको छ । गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामले उद्घाटन गर्नुभएको छ ।

गाउँपालिकाका इन्जिनियर पवन पौडेलले पाँच करोड ६१ लाख ४७ हजार रुपैयाँकाे लागतमा प्रशासकीय भवन निर्माण भएकाे जानकारी दिनुभयो । भवन निर्माणका लागि २०७७ असाेज ५ गते गाउँपालिका र मालिकादेवी हिमालय जेभी कम्पनीसँग सम्झौता भएको थियो ।

ताप्लेजुङका मेरिङ्देनसहित फुङलिङ नगरपालिका, सिरिजंघा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नै प्रशासकीय भवनमा कार्यालय सञ्चालनमा ल्याएका हुन् । यस्तै सिदिङ्वा, फक्ताङ्लुङ, मिक्वाखोला, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाले भवन निर्माणको प्रक्रियामा रहेको जनाएका छन् ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया