पशुचौपायामा फैलिएको लम्पी स्किन सङक्रमण निको हुने दर बढ्दै, गर्मी र मनसुन अवधि असोजसम्म नै जोखिम

 साउन १०, २०८० बुधबार ८:२०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पशुचौपायमा फैलिएको लम्पी स्किन रोगको सङक्रमण निको हुने दर बढ्दै गएको छ ।

अहिलेसम्म देशभरका गरी १० लाख ५४ हजार पशु सङक्रमित भएको पशु सेवा विभागको तथ्याङ्क छ ।

तीमध्ये सात लाख ६८ हजार पशुमा सङक्रमण निको भैसकेको छ । अहिले सक्रिय अवस्थाका सङक्रमित पशुको संख्या २ लाख ६८ हजार छ ।

लम्पी स्किनकै कारण बितेका ५ महिनामा ४८ हजारभन्दा धेरै गाई–भैँसी मरेका छन् । 

यो रोगको सङक्रमण सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा धेरै छ । यो रोगविरुद्धको खोप एलएसपी लगाइएका गाई–भैँसीको संख्या तीन लाख एक हजार भन्दा धेरै रहेको पशु सेवा विभागको तथ्याङ्क छ ।

खोपको पहुँच बढेको र सङक्रमित गाईगोरु र भैँसी पनि निको हुने क्रममा रहेका विभागका प्रवक्ता डा.चन्द्र ढकालले बताउनुभयो ।

सरकारले रोग नियन्त्रणका लागि हरेक पालिकालाई यसअघि नै एक लाख रुपैयाँ बजेट निकासा गरेको थियो  ।

लम्पी स्किन गाईभैँसीमा लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिन्छ ।

ज्वरो आएको पशुलाई बथानबाट अलग्गै राख्न, आराम गराउन र पानी तथा पोषणयुक्त खानेकुरा दिन कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव डा.रामनन्दन तिवारीको आग्रह छ ।

लक्षणबाट जटिल अवस्था भएपछि पशु मर्ने गरेका छन् । लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराले यो रोग सार्ने गर्छन् ।

गर्मी र मनसुनका बेला लामखुट्टे, किर्ना र भुसुना धेरै सक्रिय हुँदा यो रोग फैलिएको र असोजसम्म नै फाट्टफुट्ट देखिन सक्ने डा.ढकालले बताउनुभयो ।

रोग सार्ने माध्यम सक्रिय हुन नदिन, सङ्क्रमित पशुचौपाया तथा दानापानीको ओसारपसारमा सावधानी अपनाउन सकेमा रोग नियन्त्रण गर्न सकिने पनि उहाँले बताउनुभएको छ ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया