अनुचित लेनदेन जाँचबुझ आयोग गठन : चिया विकास बोर्डमा पाण्डे ...
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – ग्रामिण तथा शहरी विकासका लागि नवीकरणीय उर्जा सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थानको आयोजनामा तीन दिने सम्मेलन सुरु भएको हो । सम्मेलनमा नेपालसहित २० देशको सहभागिता रहेको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कायममुकायम कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिनुभयो ।
सम्मेलनमा उर्जा, उर्जा सुरक्षा, नवीकरणीय उर्जा प्रविधि, दिगो विकास, जलवायु परिवर्तन, कार्बन व्यापार, उर्जा लगानीलगायतका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले दिगो उर्जा विकासबाट सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य हासिल गर्न सम्मेलन महत्वपूर्ण भएको बताउनुभयो ।
उहाँले सरकारको लक्ष्यमा सहयोग गर्न पनि अन्तर्राष्ट्रिय दातृ निकायलाई आग्रह गर्नुभयो । नेपालले दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोगमा ३० मेगावाटका साना लघुजलविद्युत्, आठ लाख ५० हजार सौर्य प्रणाली, चार लाख १६ हजार बायो ग्यास प्लान्ट, १ लाख ८९ हजार ठूला बायोग्यास प्लान्ट, १० हजार सुधारिएको पानीघट्ट, १४ लाख सुधारिएको चुलो जडान गरिसकेको छ ।
साथै नवीकरणीय उर्जाबाट ३४ लाख घरधुरी लाभान्वित भएका छन् । सम्मेलनमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले २०७५/८५ लाई सरकारले उर्जा दशक घोषणा गरी हरेक घर उर्जा घर, हरेक बस्ती उर्जा बस्ती बनाउने उदेश्य राखेको बताउनुभयो ।
उहाँले विद्यालय शिक्षामा नै नवीकरणीय उर्जाको विषय समावेश गर्नेतर्फ पनि सरकारले ध्यान दिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।