'ईपीएस मार्फत दक्षिण कोरियामा श्रमिक पठाउने देशमध्ये नेपाल सर्वोत्कृष्ट' : गलत सूचनामा विश्वास नगर्न आग्रह

 साउन ११, २०८० बिहीबार १६:३५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा श्रमिक पठाउने विषयमा सामाजिक सञ्जालमा आइरहेका गलत सूचनामा विश्वास नगर्न ईपीएस कोरिया शाखाले आग्रह गरेको छ । शाखाको लेटरप्याड किर्ते गरी ‘तत्काल नेपालबाट कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना’ भन्दै भ्रम छर्ने काम भइरहेकाले त्यस्ता सूचनामा विश्वास नगर्न वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले सूचना जारी गरेको छ । 

‘नेपालीहरुमाझ लोकप्रिय बन्दै गइरहेको रोजगार अनुमति प्रणाली ईपीएसलाई केही व्यक्ति एवं समूहहरुले सामाजिक सञ्जालमा विभिन्न पेज समेत बनाइ कतिपयले ईपीएसको लाेगाे एवं लेटरप्याड समेत राखी भ्रामक र नक्कली फेसबुक खोल्ने, भ्रामक विषय लेखी समाचार बनाइ जथाभावी पोस्ट गर्ने एवं त्यस विषयमा सत्य तथ्य नबुझी अरुले समेत शेयर गर्ने लगायतका कार्य गरी कानुन विपरीत गतिविधि गरिरहेको हुँदा विश्वास नगर्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, शाखाको सूचनामा उल्लेख छ ।

यस्तो कार्यमा संलग्नहरुलाई साइबर अपराध अनुसार कारबाहीको लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्र पठाइसकेको पनि शाखाले जनाएको छ । यस्तै कुनै पनि आधिकारिक सूचनाहरुको लागि सम्बन्धित शाखाको वेबसाइट www.epsnepal.gov.np तथा राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित सूचना हेर्न पनि शाखाले आग्रह गरेको छ ।

ईपीएस प्रणाली लागू भइसकेपछि सरकारी प्रणाली (जीटूजी)मार्फत सन् २००८ देखि अहिलेसम्म ९० हजार भन्दा बढी नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् । अघिल्लो आर्थिक वर्षमा मात्रै यो प्रणालीमार्फत २२ हजार १९२ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् । ईपीएस मार्फत दक्षिण कोरियामा श्रमिक पठाउने विभिन्न १६ देशमध्ये नेपाल सर्वोत्कृष्ट भएको ईपीएस कोरिया शाखाको भनाइ छ । 
 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Keshab Darlami mathagadi 4 jhadewa palpa

    July 27, 2023, 5:51 p.m.

    Yasto jhuto samchar banayar post garnelai cyber burko Kunai kanun xain Sarkar aruko bhabisemathi khedbad garnelai

  •  0 Reply

तपाईको प्रतिक्रिया