लेबनानको राजधानीमा इजरायलको ठूलो आक्रमण, ४ जनाको ज्यान गयो,...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले चौधौँ वार्षिकोत्सव मनाएको छ । सन् २००९ देखि सेवा शुरु गरेको यस कम्पनीले स्थापनाकाे १४ वर्ष पूरा गरेकाे हाे । कम्पनीले अहिले देशभरिका ७४ जिल्लामा १०० वटाभन्दा बढी आउटलेटबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
१४औँ वार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३०० एमबीपीएस इन्टरनेट अत्यधिक छुटमा वितरण गरिने कम्पनीले जनाएकाे छ ।
कम्पनीले ग्राहककाे सुविधाका लागि आफ्नै सीडीएन सर्भर जडान गरी फेसबुक, युट्युब , नेटफ्लिक्स, गुगल , अकमाई जस्ता सामाजिक सञ्जालहरुमार्फत् गुणस्तरीय तथा भरपर्दो सेवा प्रदान गरिरहेकाे छ । क्लासिक टेकले विराटनगर र काठमाण्डौमा डाटा ब्याकअप सेन्टर समेत स्थापना गरेको छ ।
सेवा विस्तारको माध्यमबाट दुर्गम ग्रामीण इलाकामा पनि सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएकाे छ । डूअल ब्याण्ड राउटर र आईपीटीभी जस्ता प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको कम्पनीकाे दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।