अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
लमजुङ – सार्क राष्ट्रकै नमूना पर्यटकीय गाउँको रुपमा परिचित घलेगाउँको बीच भागमा रहेकोे पर्यटन संग्रहालय पर्यटकको पहिलो रोजाई बन्न थालेको छ ।
क्व्होलासोँथर गाउँपालिका–३, मा रहेको सार्क भिलेज पर्यटन संग्रहालयको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या दिनदिनै बढ्दै गइरहेको छ । घलेगाउँ आउने पर्यटकहरु पर्यटन संग्रहालयमा धेरै रमाउने गरेको ग्रामिण पर्यटन व्यवस्थापन घलेगाउँका सचिव उमलबहादुर बिकले बताउनुभयो ।
‘गाउँसम्म आउने सबै पर्यटकको मुख्य रोजाई नै पर्यटन संग्रहालय बन्न पुगेको छ, संग्रहालयमा पुगी फोटो खिच्ने र खिचाउने भीड नै लाग्ने गर्दछ,’ उहाँले भन्नुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), साविक उत्तरकन्या गाविस, तत्कालीन जिविस र स्थानीयको सक्रियतामा झण्डै १२ लाखभन्दा बढीको लागतमा घलेगाउँमा पर्यटन संग्रहालय बनाइएको छ । संग्रहालयको २०७३ साल माघ २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
हराउँदै गइरहेको गुरुङ संस्कृतिको संरक्षणका साथै पर्यटकलाई आकर्षित गर्न संग्रहालय बनाइएको क्वहोलासोँथर गाउँपालिकाका अध्यक्ष एवम् पर्यटन व्यवस्थापन, ग्रामिण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।
यो संग्रहालयमा गुरुङ समुदायको जन्मदेखि मृत्यूसम्मका कार्यमा आवश्यक पर्ने सामग्रीका साथै दैनिक जीवनमा प्रयोग हुने औजारहरु राखिएको छ । यस्तै, संग्रहालयमा तमू भेषभूषा, लत्ताकपडा, हस्तकलाका सामग्री, बाँसको चोयाबाट निर्मित वस्तुहरु, ऊनबाट बनेका राडीपाखीलगायतका सामग्री पनि राखिएको छ ।
ग्रामिण पर्यटन घलेगाउँका अनुसार अहिले घले गाउँमा ३० घरमा होमस्टे सञ्चालन भैरहेका छन् । दैनिक एक सयको हाराहारीमा पर्यटक घलेगाउँ पुग्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।