माओवादी आक्रमणमा दूरदर्शनका क्यामेरापर्सन मारिए

 कात्तिक १३, २०७५ मंगलबार १४:४०:१७ | एजेन्सी
unn.prixa.net

छत्तिसगढको बस्तर क्षेत्रमा माओवादीको आक्रमणबाट भारतीय सरकारी टेलिभिजन च्यानलका क्यामेरापर्सन र २ जना प्रहरीको ज्यान गएको छ ।

मंगलबार छत्तिसगढको दन्तेवाडा जिल्लामा माओवादी प्रभावित क्षेत्रमा रिपोर्टिङ गरिरहेका दूरदर्शनका पत्रकारमाथि आक्रमण गरेको हो । आक्रमण दन्तेवाडाको आरनपुरको जंगली इलाकामा भएको हो । 

माओवादी आक्रमणमा परि दूरदर्शनका क्यामेरापर्सन अच्युतानन्द साहु मारिएका छन् । त्यस्तै माओवादी आक्रमणमा परि ज्यान गुमाउने प्रहरीमा सब इन्सपेक्टर रुद्र प्रताप र सब–इन्सपेक्टर मंगलु रहेका छन् । 

माओवादी प्रभावित राज्य छत्तिसगढमा अर्को महिनामा मात्रै विधानसभा चुनाव हुँदैछ । ९० सिट रहेको छत्तिसगढ विधानसभा चुनाव दुई चरणमा हुँदैछ । पहिलो चरणको चुनाव नोभेम्बर १२ र दोस्रो चरणको चुनाव नोभेम्बर २० मा हुनेछ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया