अमेरिकी गायिका सेलेना गोमेजलाई इन्स्टाग्राममा रोनाल्डोले उछिने

 कात्तिक १३, २०७५ मंगलबार १६:१०:१८ | एजेन्सी
unn.prixa.net

युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रानोल्डोले इन्स्टाग्राममा अमेरिकी गायिका सेलेना गोमेजलाई उछिनेका छन् ।

पाँच पटक बालोन डी ओर अवार्ड जितेका रोनाल्डोले २०१६ देखि इन्स्टाग्राम एकाउन्टमा सबैभन्दा बढी फलोअर्स भएकी गोमेजलाई उछिनेका हुन् । 

रोनाल्डोलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या १४ करोड ४३ लाख रहेको छ । रियल मड्रिड छाडेर इटालीयन क्लब युभेन्टसमा आएपछि रोनाल्डोको चर्चा ह्वात्तै बढेको छ । सिरी एको आफ्नो पहिलो सिजनमा १० खेलबाट रोनाल्डोले ७ गोल गरेका छन्, चार असिष्ट गरेका छन् । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

👌👍

A post shared by Cristiano Ronaldo (@cristiano) on

इन्स्टाग्राममा धेरै फलोअर्स हुने सेलिब्रिटीहरुमा दोस्रो स्थानमा रहेकी सेलेना गोमेज रोनाल्डोभन्दा केही सयले मात्रै पछाडि रहेकी छिन् ।

तेस्रो स्थानमा रहेकी गायिका आरियाना ग्रान्डेलाई १३ करोड २० लाखले इन्स्टाग्राममा पछ्याएका छन् । त्यस्तै चौथो स्थानमा रहेकी किम कार्दाशिएनलाई १० करोड २० लाखले पछ्याएका छन् । 

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई १० करोडले इन्स्टाग्राममा पछ्याएका छन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया