सङ्खुवासभा कारागारमा २ जनाकाे ज्यान गएकाे घटनामा ९ कैदीबन्दी प्रहरीकाे नियन्त्रणमा

 साउन २४, २०८० बुधबार २०:२२:० | उज्यालो सहकर्मी
unn.prixa.net

सङ्खुवासभा – कारागार शाखा सङ्खुवासभामा कैद भुक्तान गरिरहेका दुई जना कैदीको ज्यान गएपछि प्रहरीले नौ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

कारागारभित्रका कैदीको कुटपिटबाट उनीहरूको ज्यान गएको आशङ्कामा प्रहरीले नौ जनामाथि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिनुभयो । अरू कैदीहरूले उनीहरूमाथि आशङ्का गरेपछि आफूहरूले सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको उहाँले बताउनुभयो ।

हिजो मङ्गलवार नुवाकोटकाे ककनी गाउँपालिकाका २८ वर्षका आकाश बलामी र विनोद तोलाङ कारागारबाट भाग्न खोजेका थिए । तर प्रहरीले थाहा पाएपछि लगत्तै पक्राउ गरी फेरि कारागार नै पठाइएको थियो । तर बिहान कारागारभित्रै बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा पुर्‍याएकोमा अस्पतालमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । 
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया