एनपीएलकाे उदघाटन खेलमा जनकपुरले टस जितेर बलिङ गर्दै

 मंसिर १५, २०८१ शनिबार १२:२०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

बहुचर्चित र बहुप्रतिक्षित नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) आजदेखि शुरु भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको एनपीएलको त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा भव्य उद्घाटन भएको छ ।

उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सले खेल्दैछन् । विराटनगरको कप्तानी सन्दीप लामिछाने र जनकपुरको कप्तानी अनिल साहले गर्दैछन् । जनकपुरले टस जितेर बलिङ रोजेको छ ।

एनपीएललाई लिएर स्वदेश र विदेशमा रहेका नेपाली क्रिकेटप्रेमी उत्साहित हुँदै व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । त्रिवी क्रिकेट मैदानलाई अहिलेसम्मकै चिटिक्क बनाइएको छ ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । यो खेलको भारतीय चर्चित स्पोर्टस टीभी च्यानल स्टार स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्दैछ । एक्सन स्पोर्टसको युटुव च्यालनमा पनि खेलको प्रशारण हुनेछ । 

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया