भोलिदेखि केही दिन मनसुन थप सक्रिय हुने, धेरै ठाउँमा वर्षाको सम्भावना

 साउन २६, २०८० शुक्रबार ७:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भोलिदेखि केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्को अनुमान छ । यसले गर्दा भोलि बेलुकापछि केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै छ । यसका साथै भारतको बिहारको उत्तर पश्चिम क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावसमेत परेको छ ।

भोलिदेखि थप सक्रिय हुने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको उहाँले बताउनुभयो । गएको सोमवार राति र मङ्गलवार देशका धेरै ठाउँमा ठूलो वर्षा भएको थियो । यसले ठाउँठाउँमा बाढी पहिरो गएको छ भने केही ठाउँमा डुबानसमेत भएको थियो । सोमवारदेखि नै देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ।

यस्तै, धेरै ठाउँमा हल्कादेखि मध्यम तथा केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । आज पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । अझै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरो तथा डुबान हुने ठाउँका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rakesh Kumar Jha

    Aug. 11, 2023, 2:36 p.m.

    Goog

  •  0 Reply

तपाईको प्रतिक्रिया