सङ्खुवासभामा कैदी मृत्यु प्रकरण : प्रहरीसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान शुरु

 साउन २६, २०८० शुक्रबार १७:३५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभा जिल्ला कारागारमा दुई जना कैदीको ज्यान गएको घटनामा अनुसन्धान शुरु भएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान शुरु भएको हो ।

सङ्खुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको अस्ति बुधवार कारगारभित्रै ज्यान गएको थियो । उनीहरूको कुटपिटबाट ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र गोदारले बताउनुभयो । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समेत प्रत्यक्ष संलग्नता देखिएको छ ।

घटनामा प्रहरीको समेत संलग्नता देखिएपछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी (प्रहरी उपरीक्षक) ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको छ । यस्तै गृह मन्त्रालयले पनि कारागार व्यवस्थापन विभागका निर्देशक एवम् प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरेर मन्त्रालयको टोली घटनास्थल पुगेको छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया