डेङ्गी सङ्क्रमण बढेपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनको सिफारिस

 साउन २६, २०८० शुक्रबार १९:१३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – डेङ्गीले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनले सिफारिस गरेको छ ।

आज शुक्रवार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले धरानलाई स्वास्थ्य आपत्काल घोषणा गरेर डेङ्गीविरुद्ध तीव्र अभियान चलाउन गृह मन्त्रालयमा सिफारिस गरेको हो । धरानमा डेङ्गीको सङ्क्रमण तीव्र बनेकाले स्वास्थ्य आपत्काल घोषण गर्न सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

धरानका अस्पतालहरूमा डेङ्गी सङ्क्रमितको भिड अस्वाभाविक बढिरहेको छ । धरानमा एकै दिन एक हजार सात सय ७६ जना डेङ्गी भाइरस सङ्क्रमित थपिएका धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले बताउनुभयो । धरानमा झन्डै १० हजार जना डेङ्गी सङ्क्रमित रहेका उहाँले बताउनुभयो ।

धरानका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेङ्गी क्लिनिक, फिवर क्लिनिक र डेङ्गी अस्पतालसहित उपमहानगरको विभिन्न स्वास्थ्य चौकी, वडा समिति कार्यालयहरूले सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविर, धरान सभागृह र उद्योग वाणिज्य सङ्घ सुनसरीको हलमा उपमहानगरले निःशुल्क जाँच र औषधि वितरण गरिरहेको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया