सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा नीति (साइबर सुरक्षा नीतिको पूर्णपाठ)

 साउन २७, २०८० शनिबार ६:५८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न कडा नीति लिएको छ । सामाजिक सञ्जालमा हुने भ्रामक जानकारी, हिंसा, भेदभाव, अश्लिलता फैलाउने प्रवृत्ति रोक्न सरकारले कडा नीति ल्याएको हो ।

‘राष्ट्रिय साइबर सुरक्षा नीति’ मा राष्ट्रिय सुरक्षामा आँच पुर्याउने, घृणा वा द्वेष फैलाउने, अनलाइन उत्पीडन र साइबर बुलिङ गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने, अश्लिलता फैलाउने किसिमका डिजिटल सामग्रीको सम्प्रेषणलाई निषेध गर्ने उल्लेख छ ।

त्यस्तै, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने, महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरू, विभिन्न प्रकारका हिंसा एवं भेदभावलाई निषेध एवम् नियन्त्रण गर्ने नीतिमा उल्लेख छ ।

यस्तै, सरकारले सरकारको आफ्नै नेटवर्क र नेशनल इन्टरनेट गेटवेको निर्माण गर्ने नीति अवलम्बन गरेको छ । साइबर सुरक्षासम्बन्धी राष्ट्रिय आकस्मिक योजना तयार गरी कार्यान्वयन गर्ने नीतिमा उल्लेख छ । सरकारले साइबर सुरक्षासम्बन्धी विषयलाई विद्यालयस्तर तथा उच्चशिक्षाको पाठ्यक्रममा समावेशसमेत गर्ने नीति पनि लिएको छ ।

साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न साइबर सुरक्षाको क्षेत्रमा कार्य गर्ने सङ्घ संस्थासँगको सहकार्यमा साइबर सुरक्षा फिनिसिङ स्कुलको व्यवस्था गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्यमा साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने, साइबर सुरक्षासम्बन्धी अध्ययन, अनुसन्धान तथा विकासका लागि विश्वविद्यालयहरूलाई प्रोत्साहित गर्ने विषय पनि साइबर सुरक्षा नीतिमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Prem bahadur khatri

    Aug. 12, 2023, 7:08 p.m.

    घृणा वा द्वेष फैलाउने,महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका विरुद्ध मान हानि गर्ने ,समाजमा याेन हिंसा फेेेैलाउने,शारीरिक अङ्ग पर्दसनि गर्ने,झुटा खबर फैलाउने मुख्य काम टिकटकले गरेको छ । यस कारण सर्वप्रथम टिकटको बिकिर्ति हटाउन जरुरी देखिन्छ ।

  •  0 Reply
  • Dhurba kumar paudel

    Aug. 12, 2023, 11:57 a.m.

    साइबर सुरक्षाको नाममा नागरिकका हक ,अधिकार र करत्बय कुण्ठित गर्न कदापि हुदैन । फटाहा, जालसाजी ,किर्ते , अबैध धन्दा ,तस्करी , ठगी ,करछली भ्रष्टाचार इत्यादि बिषयमा सामाजिक सन्जाल लाई नियन्त्रण गर्न हुनेछैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया