मकवानपुरमा सुक्खा पहिराेमा खसेको ढुङ्गा लागेर प्रहरी जवानको ज्यान गयाे

 साउन २७, २०८० शनिबार १३:२०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - मकवानपुरकाे भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिराेमा खसेकाे ढुङ्गा लागेर एक प्रहरी जवानकाे ज्यान गएकाे छ ।

प्रहरी चौकी भैँसेमा कार्यरत जाजरकाेट शिवालय नगरपालिका-८ का २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रवार हिजाे बेलुका ज्यान गएकाे जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्की बताउनु भयाे । 

ढुङ्गाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारका क्रममा ज्यान गएकाे प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

'बिहीवार भैँसेमा रहेकाे प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते हुनुभएको थियो', उहाँले भन्नुभयो, 'हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रवार हिजाे दिउँसो ढुङ्गा लागेर नेपाली पुनःघाइते भएपछि घटनास्थलबाटै अस्पताल पर्याइएको थियो ।'

नेपालीसँगै प्रहरी जवान सुनिल मेचे पनि घाइते हुनुभएकामा उहाँको भने अवस्था सामान्य रहेको कार्कीले बताउनुभयो । नेपालीको शव आज जाजरकोट पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया