सिरहामा स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जना पक्राउ

 साउन २७, २०८० शनिबार १३:५४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा - सिरहाबाट स्रोत नखुलेको करिब ९ लाख रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रवार हिजाे दिउँसाे सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा साहलाई पक्राउ गरेको हो । 

बा१२प १६३७ नम्बरकाे मोरटसाइकलमा रहेका साहको शरीरमा बेरेर राखिएको दुई लाख २० हजार नेपाली रुपैयाँ र भारतीय रकम ४६ हजार एक सय रुपैयाँ, मोरटसाइकलमा लुकाएर राखेको छ लाख गरी जम्मा आठ लाख ७५ हजार सात सय ६० रुपैयाँ बरामद भएको हो ।

प्रहरीले साहलाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया