विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा सरसफाइ अभियान
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - बाग्मती जलाधारको सिन्धुली, मरिन कुशुनटार र आसपासमा ठूलो पानी परेको छ । ती क्षेत्रको कोखाजोर खोला, मरिन खोला र आसपासका स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले आज बिहानसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै, गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको छ । सुनसरीको धरान र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । मौसम पूर्वानुमान् महाशाखाले भोलि सोमवारसम्म नै देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
बाढी/पहिरो र भेलपहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन पनि आग्रह गरिएको छ । त्यस्तै, आज र भोलि बाग्मतीसहित नारायणी, कर्णाली, राप्ती, बबई, महाकाली नदी र सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने अनुमान छ ।
काठमाण्डौलाई जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिन खण्डमा अहिले सहज रुपमा गाडी चलिरहेका छन् । तर यो खण्डमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । दैनिक १० हजारभन्दा धेरै मालवाहक र यात्रुवाहक गाडी गुड्ने नारायणगढ–मुग्लिन सडक पाँच वर्षअघि स्तरोन्नति गरिएको थियो । तर, हरेक वर्ष पहिरोको जोखिम उस्तै छ ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 12, 2023
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।