इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको झन्डै एक सय किलो सुन स्कुटरको 'ब्रेक शु' बाट छुट्याउने काम शुरु भएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, राजस्व अनुसन्धान विभाग र सञ्चारमाध्यमको उपस्थितिमा 'ब्रेक शु' बाट सुन छुट्याउने काम भइरहेको हो । सीआईबीले बरामद सुन जोख्न पत्र लेखेपछि आज साेमवार दिउँसोदेखि सुन छुट्याउने प्रक्रिया थालिएको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख थानेश्वर आचार्यले 'ब्रेक शु' बाट सुन छुट्याएपछि सुन गालेर तौल पत्ता लगाइने जानकारी दिनुभयो ।
राजस्व अनुसन्धान विभागले यही साउन २ गते विमानस्थलको भन्सारबाट तस्करी भएर सिनामङ्गल पुगेको सुन एउटा ट्याक्सीबाट बरामद गरेको थियो । अहिले यो सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।