इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताउनुभएको छ । राम्रो काम गर्दा गर्दै अप्ठेराेमा पर्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेर साथ दिएको उहाँको भनाइ थियो ।
सोमवार मन्त्रालयमा आफ्नो बिदाइका लागि आयोजित कार्यक्रममा निवर्तमान मन्त्री मोदीले वर्तमान सरकारलाई बलियो बनाउन त्याग गर्नुपर्ने अवस्था आएपछि आफूले त्यसलाई सहज रूपले लिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डलाई देश र नागरिककाे पक्षमा राम्रो काम गर्न पनि सुझाव दिनुभयो । किसान, उत्पीडित थारुको छोरा आफूलाई मन्त्री बन्ने अवसर दिएको भन्दै मोदीले प्रधानमन्त्रीप्रति आभार पनि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले केही राम्रो काम पनि गरिराख्नुभएको छ । राम्रो काम गर्दा कहिलेकाँही चौतर्फी घेरा आइराखेको छ । उहाँले अहिलेको परिस्थितिमा यो सरकारलाई बलियो बनाउन कसै न कसैले त्याग गर्नुपर्याे भन्दा मैले सहजै हुन्छ भनेँ ।’
निवर्तमान मन्त्री मोदीले आफूले सबै पक्षलाई साथमा लिएर सङ्घीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको, कर्मचारी व्यवस्थापनका लागि मापदण्ड तयार पारेको र सुशासनको क्षेत्रको उल्लेखनीय काम गरेको भन्दै नवनियुक्तमन्त्री अनिता देवी साहले त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । मोदीले झन्डै सात महिना मन्त्रीको रूपमा कार्यभार सम्हाल्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।