शिकारी चराको संरक्षणमा चुनौती

 कात्तिक १४, २०७५ बुधबार ९:२८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शिकारी चराको संरक्षणमा चुनौती थपिएको छ । बासस्थान र खानेकुराको अभावका शिकारी चरा संकटमा पर्न थालेका तर संरक्षणमा चुनौती थपिएको चराविद्ले बताएका छन् । बाज, चील, हुचील, गिद्धलगायत शिकारी चरा, बासस्थान र खानेकुराको अभावका संकटमा पर्न थालेका हुन् ।

नेपालमा अहिले ६० प्रजातिका शिकारी चरा पाइन्छन् । खेतबारीमा हालिने किटनाशक विषादी र पशु पंक्षीलाई विरामी भएका बेला खुवाइने डेक्लोफेनेक नामक औषधिका कारण पनि शिकारी चरामा प्रत्यक्ष र अप्रत्यक्ष असर पर्ने गरेको छ ।

डेक्लोफेनेक औषधि खुवाइएको पशुपंक्षी मरे पछि त्यतिकै फ्याँक्दा ती पशुपंक्षी शिकारी चराले खाने गर्दछन् । यस्ता मरेका पशुपंक्षी खाएका गिद्धको २४ घण्टामा नै मिर्गौला बिग्रिने र उनीहरु मर्ने अनुसन्धानकर्ता सन्देश गुरुङले बताउनुभयो ।

यस्तै चील, बाज, महाचील जस्ता चराको मुख्य आहारा खेतबारीमा पाइने मुसा, किरा फट्याङग्रा हुन् । तर केही वर्ष यता खेतबारीमा पनि किटनाशक औषधि हाल्ने गरेकाले यि चराको स्वास्थ्यमा पनि विस्तारै असर पर्न थालेको उहाँले बताउनुभयो । शिकारी चरा संकटमा पर्न थाले पछि समुदाय स्तरमा सचेतना फैलाउन अहिले नेपाल पंक्षीविद् संघ, हिमाली प्रकृतिले संरक्षणमा जोड दिँदै विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

खेतबारीमा विषदीयुक्त औषधिभन्दा अर्गानिक औषधि प्रयोग गरेर मरेका पशुपंक्षीलाई खाल्डो खनेर राम्ररी पुरे शिकारी चराको संरक्षण हुने अनुसन्धानकर्ता सन्देश गुरुङको भनाई छ । जाडो महिना लागेकाले नेपालमा अहिले आगन्तुक शिकारी चरा पनि आउन थालेका छन् । 

साइबेरिया मंगोलिया, तिब्बत, चीनलगायत देशबाट शिकारी चरा जाडो छल्न नेपाल आउन थालेका हुन् । पोखरा, काठमाडौं दाङलगायतका जिल्ला शिकारी चराको बसोबासका लागि उत्तम मानिन्छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया