तस्करीको सुन गालेर जर्ती छुट्याउँदा ६० किलाे ७ सय ग्राम मात्रै, अब गुणस्तर परीक्षण गर्ने

 साउन ३०, २०८० मंगलबार १५:५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल अनुमान गरेको तस्करीको सुन 'ब्रेक शु' बाट निकालेर पगाल्दा ६० किलो सात सय १६ ग्राम भएको छ ।

ब्रेक शु र कार्टुनसहित एक सय ५५ किलो रहेकोमा हिजो साेमवार ब्रेक शु बाट सुन छुट्याउँदा ६० किलो सात सय ७९ ग्राम भएको थियो । आज मङ्गलवार पगालेर सुनबाट जर्ती हटाउँदा ६० किलो सात सय १६ ग्राम कायम भएको टक्सार विभागले जनाएको छ । पगालेको सुनलाई विभागले ३६ वटा बिस्कुट आकारमा बनाएको छ । अब सुनको गुणस्तर मापन गर्ने विभागका निर्देशक थानेश्वर आचार्यले बताउनुभयो ।

सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएको छ ।

हङकङबाट गएको असार २९ गते ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको सुन राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले सिनामङ्गलबाट बरामद गरेको थियो । यस प्रकरणमा १८ जना पक्राउ परेकामा १७ जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् ।

 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया