आज राति कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने

 साउन ३१, २०८० बुधबार ८:५३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज राति कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार अबको एक दुई दिन रातको समयमा कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । 

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेको र नेपालको पूर्वी क्षेत्र हुँदै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको हो ।

अन्य ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने रहन्छ ।

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया