हुम्लामा नियमित उडान नहुँदा उपचार अभावमा एक महिनामा चार जना बालकको ज्यान गयो

 साउन ३१, २०८० बुधबार १२:५५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – खराब मौसमका कारण हुम्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनामा चार जना बालकको ज्यान गएको छ । समयमा नै उपचारका लागि अस्पताल लैजान नसक्दा उनीहरुको ज्यान गएको हो ।

हुम्लाकोे एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान हुन सकेको छैन । यसको मर्कामा बिरामी परेका छन् ।

जिल्ला अस्पताल हुम्लाका वरिष्ठ अनमी सरीता बोहराका अनुसार पछिल्लो एक महिनामा सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली–४ का पाँच महिनाका बालक सन्देश लुवारको उपचार अभावमा ज्यान गएको हो।

जिल्लामा उपचार हुन नसकेपछि गम्भीर बिरामी भएकाहरुलाई अन्य क्षेत्रका अस्पतालमा रेफर गर्ने गरिएको छ ।

तर, हवाई सेवा प्रभावित हुँदा बिरामी उपचार पाउन बाट बञ्चित भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा दिउँसो साढे १२ बजेपछि उडान भर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन ।

प्राधिकरणले भने उद्दार उडानका लागि कुनै बन्देज नगरिएकाले मौसम अनुकूल भएका बेला उद्धार उडान गर्न सकिने दाबी गरेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया