उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
सप्तरी – सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई जना कर्मचारीलाई पाँच लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे टाेलीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा गाउँपालिकाका कम्प्युटर अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव छन् । वीरेन्द्रकुमारलाई दुई लाख रुपैयाँ रुपैयाँ र लेखापाल टेकनारायणलाई तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेको अख्तियारले जनाएकाे छ ।
सोलार बत्ती जडानलगायतको योजनाको भुक्तानीबापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीमा रहेकाे आयाेगकाे कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनामाथि अनुसन्धान भइरहेकाे आयाेगले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।