चितवनकाे टिकाैलीमा ८ वटा गाडी ठोकिँदा २० जना घाइते

 साउन ३१, २०८० बुधबार १४:४३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चितवनको टिकौलीमा एकै चाेटि आठ वटा गाडी एकआपसमा ठोकिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

महेन्द्र राजमार्गअन्तर्गत भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जङ्गलमा आज बुधवार एकै ठाउँमा एउटा क्याम्पसको बसले शव बोकेको जीप र छ वटा मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको हो ।

घाइतेहरूको भरतपुर अस्पताल र चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिनुभयो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तस्बिर : विष्णु अधिकारी

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया