इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेशका एक/दुई ठाउँमा दिउँसाे र राति पनि ठूलो वर्षाको सम्भावना छ ।
यस्तै, राति गण्डकी प्रदेशका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने उहाँले बताउनुभयो । अन्य पहाडी क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन । गएको शुक्रवार रातिदेखि आइतवारसम्म तराईका जिल्लासहित देशभर पानी परेको थियो । त्यसपछि भने पहाडी क्षेत्रमा मात्रै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा सर्ने क्रममा रहेकाले भोलिदेखि पानी पर्ने क्रम अझ घट्ने सम्भावना रहेको मौसमविद् झाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।