सरकारको संलग्नताविना विमानस्थलबाट सुन बाहिरिन सक्दैन : कांग्रेस सांसद केसी

 साउन ३२, २०८० बिहीबार १६:२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतोविना विमानस्थलबाट सुन बाहिरिन नसक्ने जिकिर गर्नुभएकाे छ ।

आज बिहीवार सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा सांसद केसीले गएकाे साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरूको मिलेमतोविना बाहिरिन नसक्ने दाबी गर्नुभएकाे हाे । उहाँले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताउनुभयो । उहाँले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एअरपाेर्टमा एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेरिन्छ । सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्विन्टल सुन एअरपोर्टबाट बाहिर निस्किन्छ ? सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी न्यायिक आयोग गठन हुनुपर्छ ।’

सांसद केसीले संसद् बन्धक राख्ने कुरा प्रमुख प्रतिपक्षको स्वभावका रूपमा परिणत हुँदै गएको पनि बताउनुभयो । उहाँले भन्नुभयाे, ‘प्रतिपक्षले संसद् अवरोध गर्ने अनि सत्तापक्षलाई गाली गरेर के हुन्छ ? संसद्लाई जहिले पनि बन्धक राख्ने कुरा प्रतिपक्षको निरन्तर स्वभावकै रूपमा परिणत भएको छ । पहिला ५९ दिन संसद् बन्द भएको इतिहास छ । अहिले पनि त्यस्तै चल्दैछ । हामी पनि प्रतिपक्षमा बसेको हो, हामीले कति दिन संसद् चल्न दियौँ ? त्यस करणले संसद् बन्दको विकल्पमा अरू बाटो खोल्नुपर्छ । उहाँहरूले उठाउनुभएको कतिपय विषयहरूमा हाम्रो पनि सहमत छ । सुन तस्करी प्रकरणमा जाँचबुझ ऐन २०२६ अन्तर्गत उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भनेर म आफैँ पनि भनिरहेको छु । सर्वोच्च अदालतका न्यायाधीश, पूर्वन्यायाधीशहरू राखेर समिति बनाऔँ ।’

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया