९५ प्रतिशत नागरिकमा राष्ट्रिय ग्रिडबाट विद्युतको पहुँच, १२ अर्ब ३३ करोड मुनाफा आर्जन

 भदौ १, २०८० शुक्रबार ८:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका ९५ प्रतिशत नागरिकमा राष्ट्रिय ग्रिडबाट बिजुली बत्तीको पहुँच पुगेको छ । अहिले ५१ लाख ३० हजार ग्राहक पुगेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विद्युत् चुहावटलाई १३ दशमलव ४६ प्रतिशतमा कायम गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकउत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले देशलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन र गुणस्तरीय एवम् भरपर्दो विद्युत् सेवाका लागि प्राधिकरणको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणले निजी क्षेत्रबाट उत्पादित बिजुली खरिद गर्दै आएको बताउनुभएको छ । प्राधिकरणले गएको वर्ष १२ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ । पछिल्लो समय विद्युत् उत्पादन बढ्न थालेकाले अब खपत बढाउनुपर्ने र त्यसमा मुख्य गरी औद्योगिक खपत बढाउनेतर्फ जोड दिन आवश्यक रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभएको छ ।  

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया