काेशीका मुख्यमन्त्री थापाले साेमवार विश्वासकाे मत लिने

 भदौ १, २०८० शुक्रबार १४:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउँदाे साेमवार विश्वासको मत लिनु हुने भएको छ । थापाले विश्वासको मत लिनका लागि आज शुक्रवार प्रदेशसभा सचिवलाई सूचना दिनुभएको हो ।

उपसभामुख सिर्जना दनुवारले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा सोमवार दिउँसो १ बजे छलफलका लागि समय तोकेको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिनुभयो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री थापाले आउँदो १३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने छ ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन् । उपसभामुखसहित एमालेका ४० र राप्रपाका छ गरी ४६ सांसद प्रतिपक्षमा छन् । उपसभामुख दनुवारले प्रदेशसभाको अध्यक्षता गरिदिएमा मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त हुन्छ । अन्यथा ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्थाअनुसार अरू प्रक्रिया अघि बढ्नेछन् । यस्तो अवस्थामा विपक्षी दलहरू एमाले र राप्रपाको सहयोगविना विश्वासको मत लिन चुनौतीपूर्ण हुनेछ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया