डा. दिलजान मन्सुरकाे 'किटाे डाइट' अवैज्ञानिक : नेपाल मेडिकल काउन्सिल

 भदौ १, २०८० शुक्रबार १९:१९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको मैतीदेवीमा क्लिनिक सञ्चालन गर्ने डा. दिलजान मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको भन्दै नेपाल मेडिकल काउन्सिलले सचेत गराएको छ । क्लिनिकमा गैरव्यावसायिक ढङ्गले उपचार गर्ने गरेको भन्दै उजुरी परेपछि छानबिन गरेको काउन्सिलले डा. मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहरसहित वैज्ञानिक मूल्य, मान्यताअनुसार मात्र बिरामीको उपचार गर्न सचेत गराएको छ ।

डा. मन्सुरले उपचारका लागि आएका सबै बिरामीलाई एउटै कक्षामा राखी स्थापित वैज्ञानिक मूल्य, मान्यता विपरीत एकै प्रकारको परामर्श गरेको, सबै प्रकृतिका रोगका लागि एउटै भोजन योजना दिएको, अरू डाक्टरले सिफारिस गरेका औषधि विना तथ्य थपघट गरेको काउन्सिलले जनाएको छ । काउन्सिलले खटाएका विज्ञ चिकित्सकले डा. मन्सुरको उपचार पद्धतिले सबै बिरामीलाई शारीरिक तौल घटाउन स्थापित विधि 'किटो डाइट' सिफारिस गरेको र दीर्घरोगीको नियमित औषधि रोकिनाले बिरामीलाई अपूरणीय क्षति पुग्न सक्ने सम्भावना रहेको निष्कर्ष निकालेको छ ।

यसअघि डा. मन्सुरको उपचार विधिले स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै बिरामीले गुनासो गरेपछि काठमाण्डाै महानगरपालिकाले क्लिनिक बन्द गराएको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Durlav Nirogi

    Aug. 19, 2023, 6:31 a.m.

    आधुनिक चिकित्सा उपचार प्रदान गर्ने संस्थाहरूको बिजिनेसमा धेरै असर परेर लिएको कदम जस्तो छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया