उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – स्वास्थ्य मन्त्रालयको निर्देशनपछि बकुलहर अस्पतालको ७६ शय्या निःशुल्क भएकाे छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको हो ।
उहाँका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी १४ शय्याबाहेक अन्य शय्या निःशुल्क गरिएका छन् ।
अस्पतालमा यसअघि नै १० प्रतिशत शय्या तथा उपचार निःशुल्क गरिसकिएको डा ज्ञवालीले जानकारी दिनुभयो ।
प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले मातहतका १३ अस्पतालका सबै शय्या निःशुल्क गर्न निर्देशन दिएको थियो ।
साउन २२ गते स्वास्थ्यमन्त्री उत्तम जोशीले भदौ १ गतेदेखि क्याबिन, बाल र सघन उपचार कक्षबाहेक अन्य सम्पूर्ण शय्याहरु निःशुल्क गर्ने निर्णय गर्नुभएको थियो ।
मन्त्रीको निर्णयपश्चात् प्रादेशिक अस्पतालहरुका सामान्य शय्या (जनरल बेड) निःशुल्क गरिएका छन्।
बिरामीको चाप बढ्दै गएपछि सरकारले नागरिकलाई सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यले मन्त्रालयले मातहतका १३ अस्पतालमा शय्या निःशुल्क गराएको प्रदेशका स्वास्थ्यमन्त्री जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएको आर्थिक वर्षमा ती अस्पतालबाट सात लाख ५५ हजार २४ जनाले सेवा लिएका थिए ।
‘स्वास्थ्य सेवालाई हुँदा खानेको पहुँचमा पुर्याउने उद्देश्यका साथ काम गरिरहेका छौँ,’ मन्त्री जोशीले भन्नुभयो, ‘अब भर्ना भएका बिरामीले शय्या शुल्क तिर्नु पर्दैन् ।’
प्रदेशका प्रयोगशालाहरुमा सर्वसुलभ रुपमा सेवा दिइएको भन्दै उहाँले डेङ्गी परीक्षण पनि निःशुल्क गरिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।