उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले राम्रा काम गर्दा केही सत्तारुढ दलसहित प्रतिपक्षी दलहरु चिढिएको दाबी गर्नुभएको छ ।
काठमाण्डौमा पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा पुनले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण प्रचण्ड नेतृत्वको सरकारलाई नागरिकले मन पराएको तर केही सत्तारुढ र प्रतिपक्षी दल भने चिढिएको बताउनुभयो।
ललिता निवासको सरकारी जग्गा हिनाहिना प्रकरणको छानबिन अघि बढ्दै गरेका बेला एमालेले बहुमत जुटाउन प्रयास गरेको तर, तत्काल सत्तारुढ दलका शीर्ष नेता बसेर त्यस्तो प्रयास विफल पारिएको समेत पुनले दाबी गर्नुभयो ।
आफ्ना अध्यक्ष प्रचण्डमा परिस्थितिअनुसार अघि र पछि हिँड्न सक्ने कौशलता रहेकै कारण ३३ सिटसहित पार्टी तेस्रो शक्तिमा खुम्चिए पनि देशको नेतृत्व गर्ने मौका आएको उहाँले बताउनुभयो ।
पुनले कांग्रेससहितका दलसँगको सहकार्यमा सरकार बनेको भए पनि राष्ट्रिय मुद्धाहरुमा प्रमुख प्रतिपक्षीसहितका दलसँग हातेमालो गरेर अघि बढ्ने नीतिमा आफूहरु रहेको उल्लेख गर्नुभयो।
उपमहासचिव पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अहिले जनतामा लोकप्रिय भएको पनि बताउनु भयो ।
पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिवार बोल्दै वर्तमान सरकार इतिहासकै सर्वथा लोकप्रिय सरकार भएको उहाँले दाबी गर्नुभयो ।
सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उहाँको भनाइ थियो ।
‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ । सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ,’ पुनले भन्नुभयो, ‘इतिहासमा पहिलोपटक सरकार पपुलर (लोकप्रिय) भएको छ ।’
पुनले देशलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको पनि बताउनु भयाे ।
गएको मंसिरमा सम्पन्न चुनावमा पार्टीले करिब ११ प्रतिशत मत पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको उहाँको भनाइ थियो ।
पुनले भन्नुभयो, ‘१० देखि ११ प्रतिशत जनमत हाम्रो पक्षमा छ । तर सरकारको राम्रो कामबाट ९० प्रतिशत जनताले समर्थन गरेका छन्, हामीतर्फ आकर्षित भएका छन् ।’
पुनले आफ्नो अध्यक्ष नेतृत्वको वर्तमान गठबन्धन सरकारको सम्पूर्ण ध्यान देशबाट भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने र त्यसको जगमा समृद्धिमा जाने रहेको बताउनु भयाे ।
ठूला भ्रष्टाचार र बेथितिहरुमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएकाले जनतामा सरकार लोकप्रिय रहेको उहाँकाे भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।