खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर

 भदौ २, २०८० शनिबार १९:७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हुम्लाको सिमकोट गाउँपालिकाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गर्नुका साथै खर्कमा रहेका अन्य बिरामीको पनि उपचार गरेको छ ।

स्वास्थ्यकर्मीले करिब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो ।

वर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौँरीगाईसहित अन्य पशुहरु चराउनका लागि बालबालिका र गोठाला जाने भएकाले उनीहरूको उपचारका लागि घुम्ती शिविर सञ्चालन गरेको हो ।

सिमकोट गाउँपालिका–१ चुवाखोला वन र त्यसै पालिकाको वडा नम्बर ८ मा पर्ने रानीशैनामा रहेका खर्कमा पुगेर स्वास्थ्यकर्मीले बालबालिकालाई खोप र अन्य नागरिकको उपचार गरेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो ।

चुवाखोला र रानीशैना खर्कमा गरी आठ बालबालिकालाई बिसिजी, डिपीटी, पिसीभी, पोलियो, जेइ र मिजल्स रुबेला टाइफाइडलगायत आदि रोगविरुद्धको खोप लगाइएको संयोजक भण्डारीले बताउनुभयो ।

यस समयमा खर्कमा बालबालिका पनि सँगै लैजाने भएकाले उनीहरू बसोबास गरिहेका खर्कमा पुगेर खोप लगाइएको हो ।

यस्तै यी दुई वटा वडामा रहेका उच्च पहाडी खर्कमा गोठाला बसेका ७५ जना गोठालाको स्वास्थ्य जाँच गरी औषधोपचार गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया