सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधारकार्ड फेला

 भदौ ३, २०८० आइतबार ८:३२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हङकङबाट मोटरसाइकलमा राख्ने 'ब्रेक शु' मा लुकाएर ल्याइएको ६० किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिनुभएको छ ।

तीन जना चिनियाँ नागरिकसँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी भएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट जारी भएको नागरिकता फेला परेको पनि उहाँले बताउनुभयो ।

बिहीवार राति थप दुई जना चिनियाँ नागरिक पक्राउ परेपछि यो प्रकरणमा पक्राउ पर्ने चिनियाँ नागरिकको सङ्ख्या सात पुगेको छ । सुन तस्करी प्रकरणमा अहिलेसम्म २३ जनालाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक शु बरामद गरेको थियो । दुई हप्ताको अनुसन्धानपछि थप अनुसन्धानका लागि विभागले प्रहरीको सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया