झापा, मोरङ र सुनसरीमा ठूलो वर्षा, आज यी नदीमा बाढीको जोखिम

 भदौ ४, २०८० सोमबार ९:३७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - झापा, मोरङ र सुनसरीमा ठूलो वर्षा भएको छ । मोरङको लेटाङ, सुनसरीको सप्तकोशी चतारा वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा ठूलो वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

झापा, मोरङ, सुनसरी भइ बहने स–साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी र आसपास भइ बहने साना नदी तथा खोलाका बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, महाकाली नदीमा जलसतह सतर्कता तह आसपास पुग्ने सक्ने सम्भावना रहेकाले आज र भोलि सतर्कता अपनाउन भनिएको छ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया