आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – भक्तपुरको सानोठिमीमा रहेको बालसुधार गृहबाट डेढ सय भन्दा धेरै बालबालिका भागेका छन् ।
केन्द्रमा दुई सय ५६ जना बालबालिका रहेकामा ३२ जना किशोरी र केही कम उमेरका बालक बाहेक अरु भागेका हुन् ।
उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
सुधार गृह तोडफोड गरेर भागेकामध्ये केहीलाई पक्राउ गरेर केन्द्रमा फिर्ता गराएको र बाँकीको खोजी भइरहेको उहाँले बताउनुभयो ।
सुधार गृहमा तोडफोडसमेत भएको र बाहिर खोजी भइरहेकोले भाग्नेहरुको संख्या एकिन नभएको उहाँले बताउनुभयो ।
विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ ।
उनीहरूले सुधार गृहभित्र आफूहरूलाई खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको भन्दै तोडफोड गरेका हुन् ।
हिजो सुधार गृहमा रहेका रामेछापको मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको ज्यान गएपछि त्यहाँ तनाव सुरू भएको हो ।
बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका थिए ।
उनीहरूले सुधार गृहको लापरबाहीका कारण कमलको मृत्यु भएको आरोप लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।