सल्यानमा माइक्रोबस दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 भदौ ४, २०८० सोमबार १७:५०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

ज्यान जानेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।

दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् । अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताउनुभयो । 

लु २ ख ५७३१ नम्बरको माइक्रोबस सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया