१७ घण्टापछि खुल्याे मुग्लिन–नारायणगढ सडक

 भदौ ५, २०८० मंगलबार १३:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएकाे छ । हिजाे साेमवार राति पहिराे खसेर बन्द भएकाे सडक झन्डै १७ घण्टापछि दुईतर्फी सञ्चालनमा आएकाे हाे । 

हिजाे राति ८ बजेतिर खसेकाे पहिराेका कारण पूर्णरूपमा बन्द भएकाे सडक पहिराे हटाएसँगै केही बेर अघिदेखि (दिउँसाे १२ बजेर ५५ मिनेटमा) सञ्चालनमा आएकाे सडक डिभिजन भरतपुरतले जानकारी दिएकाे छ । 

सङ्घीय राजधानी काठमाण्डाैलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने 'लाइफलाइन' का रूपमा रहेकाे याे सडक खण्ड बर्खायाम लागेसँगै पहिराेका कारण पटक–पटक बन्द हुँदै आएकाे छ । याे सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् ।

तस्बिर  : साइट सुपरभाइजर ईश्वर क्षेत्री (स.डि. भरतपुर)

अन्तिम अपडेट: असोज ४, २०८०

तपाईको प्रतिक्रिया