सारंगी बजाएर अामाबाबु पाल्दै अाएका जनककाे घर निर्माणमा सहयोग गर्न कलाकारकाे अपिल

 कात्तिक १४, २०७५ बुधबार १८:११:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सञ्चारकर्मी, कलाकार, तथा यूट्यूबरको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका शिशिर भण्डारीलाई मन पराउने धेरै छन्  । कलाकारिता र संचारमाध्यमसँगै सामाजिक काममा पनि सक्रिय शिशिर भण्डारी यतिबेला दाङका जनक गन्धर्वको घर निर्माण सहयोगका लागि जुटिरहेका छन् । 

अशक्त आमाबुवालाई पाल्न र ८ वर्षका भाइलाई पढाउन दाङबाट काठमाडौं आएर बसमा, फिल्म हलमा र मानिसहरुको भिडभाडमा सारंगी बजाउँदै पैसा उठाउँदै आएका १२ वर्षे जनक गन्धर्वको आमा बुवा बोल्न सक्दैनन् । दुखको कुरा सरकारले सबैको घर बनाइदियो तर गन्धर्व बस्तीमा जनककै मात्र घर बन्न बाँकी छ ।

यो थाहा पाएपछि कलाकार शिशिर भण्डारीले भाइहरुलाई स्कुल पढाउने, जनकको घर बनाउने अभियान थालेका छन् । 

हाल काठमाडौंको कलंकीमा आफ्नै गाँउले काकासँग बस्दै आएका जनकसँग सारंगी बजाउनुका साथै गाएर मनोरंजन प्रदान गर्न सक्ने कलासमेत रहेको छ । 
देश विदेशबाट करिब १५ लाख बराबरको नगद संकलन गरिसकेपछि घर निर्माण सुरु गर्ने बताएका शिशिर भण्डारी केही समय अगाडि उनै जनकको घर दाङ पुगेर उनको पारिवारिक अवस्थासमेत बुझेका थिए । 

जनकको पारिवारिक अवस्था निकै नाजुक देखेर आफूलाई जनकको घर बनाइदिनु पर्छ भन्ने लागेर घर निर्माण सहयोगमा जुटेको उनले बताएका छन् । 

जनक र विराजलाई पहिलोपटक गोपीकृष्ण हलमा भेटेका भण्डारीले उनीहरुको भिडियो तयार पार्दै हजार रुपैँया समेत सहयोग गरेका थिए । भिडियो यूट्यूबमा आइसकेपछि जनक र विराजको प्रतिभालाई धेरैले मन पराएका थिए । 

भिडियोमा जनक र विराजको लागि सकारात्मक प्रतिक्रिया आएपछि भन्डारीले उनीहरुलाई यूट्यूबबाट आएको रकमले जनक र विराजलाई सपिङ पनि गराएका थिए ।

हाल जनक गन्धर्व घर निर्माण अभियान अन्तर्गत बेलायतबाट सन्दिप पौडेलको पहलमा अन्य थुप्रै सहयोगी साथीहरु मिलेर ५ हजार पाउण्डको लक्ष्य सहित अभियान सुरु भैसकेको भण्डारीले बताएका छन् । 

जनक गन्धर्व घर निर्माण अभियानमा सहयोग गर्न भन्डारीले थुप्रै मिडियाकर्मी माझ अपिल समेत गरेका थिए । 

जनकलाई भेटेको लगभग महिना दिनभन्दा बढी भैसक्दा अहिलेसम्म प्रत्यक्ष रुपमा सहयोग गर्दै आएका आफ्नै यूट्यूब च्यानल नयाँ नयाँ न्युज नेपाल का क्यामरा पर्सन लक्ष्मण राज अधिकारी प्रति धेरै आभार प्रकट गर्दै सहयोग गर्नको लागि आफ्नो नेपाल इन्भेस्टमेन्ट बैंक ०२८०५०८०३९९४१८ मा सहयोग रकम जम्मा गरिदिन आग्रह समेत गरेका छन् । 

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया