काठमाण्डौको बुद्धनगरमा दाम्लोसहित भागेको भैँसी समात्न प्रहरी परिचालन

 भदौ ६, २०८० बुधबार ७:५५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौको बुद्धनगरमा भैँसी समात्न प्रहरी खटिएका छन् ।

पालिएको ठाउँबाट दाम्लोसहित भागेको एउटा भैँसी अलपत्र अवस्थामा बिहान बुद्धनगरमा भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । 

भैँसी कहाँबाट आयो र कसले पालेको हो भन्ने खुलिसकेको छैन ।

अरुलाई हान्न सक्ने जोखिम रहेकाले निगरानीमा राखिएको प्रहरीको भनाइ छ ।

भैँसी भागेर बुद्धनगरको ज्ञान निकेतन स्कुलको हाताभित्र छिरेको छ । 

भैँसीलाई त्यहीँबाट समात्न प्राविधिक टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

यसअघि २०७५ साल फागुनमा काठमाण्डौको चन्द्रागिरि मच्छेगाउँमा राँगोको आक्रमणबाट एक जनाको ज्यानै गएको थियो ।

मानिसको ज्यान लिएको राँगोलाई प्रहरीले गोली हानेर मारेको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Tekendra Sunuwar

    Aug. 24, 2023, 6:16 p.m.

    मुर्रा

  •  0 Reply
  • अमर आचार्य

    Aug. 23, 2023, 1:10 p.m.

    ए भैसिसमत्न पनि प्रहरी परिचालन है त्यो भैंसी कसरी ल्यायो कहाँ बाट ल्याइयो भैंसी ल्याउदा पुर्याउनु पर्ने न्युनतम मापदण्ड के हो त्यो हेर्नू पर्ने हो नि ल्याउदा गाडीमा कोचेर घाँस न पानि गरेर ल्याइयो होला अनि खान पाएन फुकेर हिड्यो 🤔🤔🤔🤔🤔

  •  0 Reply

तपाईको प्रतिक्रिया