उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डौबाट पोखराका लागि छुटेको बस धादिङको त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
दुर्घटनास्थलबाट २४ जनाको उद्धार गरिएकोमा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तु जयसवालले जानकारी दिनुभयो । घाइते १६ जनामध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको र दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको उहाँले बताउनुभयो ।
ज्यान गुमाउनेमध्ये दुई जना महिला र छ जना पुरुष हुन् । गाडीमा कति यात्रु थिए भन्ने खुलेको छैन । गाडीका चालक तथा सहचालकको अवस्था पनि थाहा नभएको डीएसपी जयसवालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।