गायक स्व. जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान

 भदौ ६, २०८० बुधबार १४:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले गायक स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गरेको छ ।

आज बुधवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्वर्गीय टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

साङ्गीतिक क्षेत्रमा जेबी टुहुरेका नामले प्रसिद्ध जुठबहादुर खड्कीले सानैदेखि गीत गाउन थाल्नुभएको थियो । कम्युनिस्ट विचारधारासँग नजिक हुँदै गएपछि उहाँले जनवादी गीत गाउन थाल्नुभएको हो ।

टुहुरेकाे ‘आमा, दिदी, बहिनी हो, कति बस्छौ दासी भई..., आँधी खाेलैले, बसाइँ हिँड्नेकाे ताँतीले, रातकाे अनिँदाे’ लगायत थुप्रै चर्चित गीतहरू छन् । उहाँको दुई वर्षअघि निधन भएको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया