धादिङ बस दुर्घटना : ज्यान गुमाएका ८ मध्ये ६ जनाकाे परिचय खुल्याे

 भदौ ६, २०८० बुधबार १९:५९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौबाट म्याग्दीको बेनीका लागि छुटेको बस धादिङको गजुरी नजिकै त्रिशूली नदीमा खस्दा ज्यान गुमाएका आठमध्ये छ जनाको परिचय खुलेको छ ।

दुर्घटनामा पर्वतको जलजला गाउँपालिका–६ की राधिका सापकोटा र मोदी गाउँपालिका–५ का झ्यापटबहादुर क्षेत्रीको ज्यान गएको छ । यस्तै म्याग्दीकाे रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङकाे गजुरी–८ का २० वर्षीय सुशील रम्तेल र कास्कीको फुलबारी–११ का २४ वर्षीय सुमन थापाको पनि ज्यान गएको छ ।

दुई जना महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै ज्यान गएको थियो । अब मृतक दुई जना पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा १६ जना घाइते भएकामा १३ जनाको काठमाण्डौमा उपचार भइरहेको छ ।

आज बुधवार काठमाण्डौबाट छुट्दा बसमा २३ जना रहेको विवरण भए पनि दुर्घटना हुँदा कति जना थिए भन्ने अझै खुलेको छैन ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया