झापाकाे अर्जुनधारामा करेन्ट लागेर श्रीमानकाे ज्यान गयाे, श्रीमती घाइते

 भदौ ७, २०८० बिहीबार ६:५७:० | उज्यालो सहकर्मी
unn.prixa.net

झापा - झापाकाे अर्जुनधारामा करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । 

करेन्ट लागेर अर्जुनधारा नगरपालिका–९ का २४ वर्षीय अमृत रेग्मीकाे ज्यान गएकाे हाे  । उहाँकी श्रीमती २२ वर्षीया ममता रेग्मी घाइते हुनुभएकाे छ । ममतालाई करेन्ट लागेपछि बचाउने क्रममा अमृतकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि शनिश्चरेमा रहेकाे शङ्कर अस्पताल लैजाँदै गर्दा अमृतको बाटैमा ज्यान गएकाे हाे । ममताको अवस्था सामान्य रहेको र अहिले बिर्तामोडमा रहेकाे बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । 

इलाम नगरपालिका–२ का रेग्मी परिवार केही समयदेखि अस्थायीरूपमा अर्जुनधारा–९ कटहरडाँडामा बसोबास गर्दै आएका थिए । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया