बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - पाल्पाको अर्चले, नवलपुरको देउराली आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । यो क्षेत्र भइ बहने स–साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बस्नेलाई दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज महाकाली, नारायणी र मर्स्याङ्दी नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै ठाउँमा अस्तिदेखि झरी परिरहेको छ ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 24, 2023
भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 24, 2023
मधेस प्रदेशमा राति र अन्य प्रदेशका एक/दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो । मौसमविद् पौडेलका अनुसार पर्सि शनिवारदेखि भने मौसम खुल्ने सम्भावना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।