बाढी पहिरोका कारण सात राजमार्गका विभिन्न खण्ड अवरुद्ध, ४९ वटा सडक एकतर्फी

 भदौ ७, २०८० बिहीबार ११:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - बाढी पहिरोका कारण सात राजमार्गका विभिन्न खण्ड अवरुद्ध छन् । यस्तै, ४९ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।

सडक विभागका अनुसार तमोर करिडोर अन्तर्गतको चतरा मूलघाट माझीटार अमरापुरडाँडा गणेशचोक, कोशी राजमार्गको रानी विराटनगर इटहरी धरान धनकुटा हिले तथा लेघुवाघाट, तुम्लिङटार खाँदबारी नुम किमाथाङ्का सडक खण्ड बन्द छ ।

यस्तै, बालाजु-त्रिशूली-धुञ्चे-स्याफ्रुबेसी, नाग्मा-जुम्ला सडक, डुम्रे-बेशीसहर र सिद्धार्थ राजमार्गको बेलहिया-भैरहवा-बुटवल-बर्तुङ-राम्दी-स्याङ्जा-पोखरा सडक खण्ड बन्द रहेको विभागले जनाएको छ । पहिरोका कारण बिहान केहीबेर अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक अहिले भने दुईतर्फी नै सञ्चालन भइरहेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक बिहान सात बजेतिर पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । त्यसपछि पहिरो पन्छाएर एकतर्फी सडक खुलाइ गाडी पास गराइएको थियो । यो सडक पहिरोका कारण पटक-पटक बन्द हुँदै आएको छ । प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै आएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया